रास्वपा बाणगंगा ११ मा खनालको नेतृत्वमा वडा कमिटि गठन

सागर बेल्बासे कपिलवस्तु ।
रास्ट्रनिर्माणको महाअभियान मुल मन्त्र सहित रास्टृय स्वतन्त्र पार्टीको उदय संगै देश ब्यापी रबि लामिछाने र उनी नेतृत्वको रास्वपा पार्टी को संगठन बिस्तार ले तिब्रता लिदै गएको छ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ११ मा त्यस क्षेत्रका राजनैतिक ,सामाजिक ,शैक्षिक एबम आम नागरिक को ठूलो उपस्तिथि ले वडा कमिटी चयन गरेको छ। त्यस क्षेत्र का सामाजिक अगुवा भिम पौडेल को अध्यक्षता मा भएको वडा भेलामा प्रमुख अतिथी रास्ट्रीय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल हुनुहुन्थ्यो। प्रदेस सदस्य एबम जिल्ला सभापति शिव कुमार सुवेदी,प्रदेस सदस्य एबम शिक्षा तथा स्वास्थ्य बिभाग प्रमुख डाक्टर रोम बराल,जिल्ला उप संयोजक गिता शर्मा,जिल्ला सल्लाहकार हेमन्त कुमार श्रेष्ठ ,बाणगङ्गा नगर सभापति बुद्दी शागर बेल्बासे,२ र ३ नम्बर वडा सभापति क्रमश षडानन्द न्यौपाने र प्रेमलाल भुसाल,कृयाशिल सदस्य क्रमश देवराज कंडेल,हरिकला खनाल,खेमराज पौडेल ९खुमा०माधव पाण्डे ,शैक्षिक ब्याक्तित्व राजु पौडेल उपाध्याय ,भरत खनाल,पुर्व जिल्ला सदस्य ॠषिराम अर्याल ,निर्वाचन परिचालन कमिटी संयोजक खिमानन्द भट्टराई (शन्तोश) लगायत को उपस्थितिमा त्यस क्षेत्र का जनपृय सादगी ब्याक्तित्व नारायण खनाल को सभपतित्वमा वडा कमिटी निर्वाचित भएको छ।

No description available.

वडा कमिटी सचीवमा हिराधर भट्टराई ,सह सचिब,शंगम आचार्य ,कोषाध्यक्ष नारायणी अधिकारी,सदस्य हरुमा क्रमश बिनोद नेपाली,सिताराम थारु,माधब खनाल,ईशा तिवारी कंडेल,अशिप मोहम्मद मुसलमान र मदन शर्मा समेत को वडा कार्यसमिति र त्यस क्षेत्र का पुराना सफल ब्यबासाइ लक्ष्मण कंडेलको संयोजकत्वमामा सल्लाहकार समिती समेत निर्वाचित भएको छ। उक्त पहिलो सत्रको भेलाको संचालन संचालक द्द्य तुलसा भण्डारी र डिल्ली राज अर्यालले गर्नु भएको थियो।कार्यक्रम मा विभिन्न राजनैतिक पार्टी का नेतृत्व ले सदैब यथास्थितिवादी सोंच बोकेर देश र जनतालाइ सधैं अधोगती तर्फ लगिरहेकाले परिवर्तनशिल युवा नेतृत्व ले मात्रै परिवर्तन संभव देखिएका कारण आफुहरुको साथ रबिको साहास र रबि नेतृत्व को पार्टी लाई स्वतस्फूर्त रहेको जनाउदै करिब ९० जनाले कृयाशिल सदस्यता समेत लिएका थिए।देश र जनता को भलाइमा जुन तन्त्र आएपनी पुराना नेतृत्व र पुरानो अभ्यासलाई सबैले तथास्तु गरि भाबी पुस्ताको सुनौलो भबिस्य निर्माण लाग्न विभिन्न पार्टी का पुराना नेताहरुले बताएका थिए।कार्यक्रम मा पार्टी का नीति नियम र नयाँ तथा बैज्ञानिक ब्यबस्था बारे प्रदेस प्रवक्ता कमल पोख्रेल ,प्रदेस सदस्य डाक्टर रोम बराल ले प्रशिक्षण दिनु भएको थियो।नवनिर्वाचित टोलिलाइ बधाइ तथा शुभकामना दिंदै कपिलवस्तु मा संगठन निर्माणका लागि सबै तह तप्का बाट जोडिन जिल्ला सभापति शिव कुमार सुबेदि ले आग्रह गर्नुभएको थियो।कार्यक्रम को दोस्रो सत्र बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे ले संचालन गर्नुभएको जनाइएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation