प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने पहिलोपटक प्रधानमन्त्री भेट्न गएका हुन्। निर्वाचित भएपछि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर बधाइ दिएका थिए।

निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन्। उनले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहेका छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation