कमाउनेनी हो, रमाउनेनी हो तीज गीत सार्वजनिक (भिडियो सहित)

उपकार अनलाइन,रुपन्देही ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तीज सूरु हुन बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन ।

यो वर्षको लागि खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको नयाँ तीज गीत कमाउनेनी हो रमाउनेनी हो बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

नेत्र अर्यालको शब्द सिर्जना रहेको गीतमा खेम सेन्चुरीको लय सिर्जना रहेको छ । गीतले जन्मेपछि मर्नु पर्ने, बाचुन्जेल पिर चिन्ता गर्न नहुने कुर्रो, अरुको रिस डाहा गर्नु हुदैन भन्ने जस्ता शन्देशमुलक शव्दले भरिएको छ भने जिन्दगी कमाउने पनी र रमाउने पनी भएको दुबै विषय बनाएको छ । तीज गीतको अडियो र भिडियो दमदार रहेको छ । गीतमा प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय रहेका छ । कमाउनेनी हो रमाउनेनी हो तीज गीतलाई यो वर्षको उत्कृष्ट तीज गीतको रुपमा दर्शक, श्रोताले हेरेका छन् ।

भिडियो हेर्न तल लिङ्कमा क्लिक गर्नुहोला ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation