विजय खड्का र राधा खड्काको अभिनय रहेको तीज गीत ‘प्रदेशी दिदी’

विमल गैरे, सैनामैना ।

पशुपती शर्मा र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘प्रदेशी दिदी’ तीज गीत बजारमा आएको छ । गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ ।

घरको आर्थीक अवस्था कमजोर भएकै कारण कयौं छोरीहरु प्रदेशीन बाध्य हाम्रो समाजको बास्तविक कथालाई प्रस्तुत तीज गीतमा सार्वजनिक गरीएको छ । नारीहरुको पर्व तीज आउदा घरमा दिदी नहुदाको पिडा एउटा भाईले महसुस गरेर तीजमा जसरी भए पनी दिदीलाई घर आउन आग्रह गरिएको छ । उता दिदीले भने घरको गरीवी अवस्थालाई पाखा लगाएर चुइने छानो छाएर मात्र घर फर्कने भाईलाई जानकारी गराएकी छिन ।

तीज गीतमा लय राधा खड्काको रहेको छ भने शब्द बिजय खड्काको रहेको छ । ‘प्रदेशी दिदी’ तीज गीतमा विजय खड्का र राधा खड्काको  अभिनय छ । भिडियो निर्देशन विक्रम चौहान र अनिस दवाडीले गरेका हुन् । नेपाली कला संस्कृतिलाई विश्व सामु पर्याउन यो भिडियोले निकै राम्रो भूमिका खेलेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation