छिमेक लघुवित्त बाणगंगाले दियो तीन दिने बाख्रा पालन तालिम

विमल गैरे, सैनामैना । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ मा तीन दिने आधारभूत बाख्रा पालन तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बाणगंगा जीतपुर शाखाको आयोजनामा साउन ८ गतेदेखि दर्शन समाज कपिलवस्तुको हलमा तालिम बुधवार सम्पन्न भएको हो ।

‘आधुनिक तरीकाले खोर निमार्ण गरी वर्षैभरी व्यवसायीक रुपमा बाख्रा पालन गरौं बेचौं अनी पैसा कमाऔं र आत्मनिर्भर बनौं’ भन्ने मूल नारा सहित सञ्चालन गरिएको तालिममा बाणगंगाका विभिन्न वडाका ३० जना बढी कृषकहरु सहभागी रहेका थिए । तीन दिन सम्म सञ्चानल भएको तालिममा कृषकहरुलाई बाख्रा सम्बन्धि सम्पुर्ण विषयमा प्रशिक्षित गरिएको थियो । तालिममा कृषकहरुलाई बाख्राको महत्व, बाख्राको बजार स्थिति, बाख्राको प्रजातिको जानकारी, बाख्राखोर व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिइएको थियो । त्यस्तै तालिममा सहभागी कृषकहरुलाई बाख्राको खानपान सम्बन्धि जानकारी गराउनुका साथै बाख्राको प्रजनन व्यवस्थापनको जानकारी, बाख्राको विभिन्न उमेरमा गर्नुपर्ने हेरचाह सम्बन्धि जानकारी मूलक प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । May be an image of 5 people and text

तालिमको आवश्यकता छिमेक लघुवित्तले पूरा गरिदिएको र तालिम एकदमै लाभदायक भएको तथा किसानको धेरै जसो समस्याको समाधाम समेत भएको तालिममा सहभागी सदस्यहरू मध्यकी एक जना कृषक उषा वि.सीले उपकार अनलाईनलाई बताउनुभयो । तालिममा सहभागी सवैले आगामी दिनमा निश्चित उद्देश्य लिएर व्यावसायिक रूपमा बाख्रा पालन गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । बाख्रा पालन गर्दा आधारभूत रूपमा गर्नुपर्ने तयारी, योजना र आइपर्ने समस्या सम्बन्धी कक्षा समेत संचालन गरिएको थियो ।May be an image of 5 people, people smiling and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation