![](http://upakaronline.com/wp-content/uploads/2023/07/sami-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
तिमी र म मा फरक छ नि साथी,
तिमी मन्दिरमा भगवान देख्छौं,
म मेरो आमाको अनुहारमा
जसले एउटा बच्चालाई ९ महिना कोखमा ३ वर्षसम्म त्यो न्यानो काखमा अनि जिन्दगीभर आनो दिलमा राखिन।
दिल खोलेर रुनका निम्ती सबैभन्दा उत्तम काख हो आमा ।
कुनै घर आमा बिनाको नहोस् अनि कुनै आमा घर बिनाको नहोस्।
माया दियौं ममता दियौं सहेर दुस्ख कष्ट संसार देखायो आमा तिमी माहान हौ।
आमा चाहे पढेको होस् या अन्पढ होस् तर संसारको सबैभन्दा बहुमूल्य जान आमाबाट नै प्राप्त हुन्छ।
मानिसको जवानी बिस्तारै ढल्दै जान्छ माया पनि बिस्तारै कम हुदैं जान्छ आफन्त साथीभाई पनि बिस्तारै टाढा हुदै जान्छन् तर एक आमाको माया जस्तो सुकै अवस्थामा पनि कम हुँदैन। तर एउटा सन्तान आमाको लागि एक दिन पनि त्याग गर्न सक्दैन ।
आमाले कहिले आफनो जिन्दगी जिउने सकेन, हाम्रै जिन्दगी बनाउदै बनाउदै महंगो खाटमा र सिरक ओढेर सुत्दा पनि त्यति न्यानो निन्द्रा लाग्दैन जति तिम्रो अंगालोमा बाँधिदा लाग्छ आमा ।
जब म बिरामी हुन्छु, औषधि भन्दा पहिला तिम्रो याद आउँछ आमा ।
आमा छिन र पो हिम्मत आउँछ नत्र जिन्दगी सित हारि सक्थे
मेरी आमा जिवनमा कसैले निस्वार्थ सच्चा माया गर्छ भने त्यो हो आमा ।।
उमेर जुनसुकै होस् तर आज पनि सानो घाउ लाग्दा पहिलो शब्द मुखमा आउने आमा नै हो ।
आसु बगाएर पनि मन हल्का पार्ने एकमात्र उत्कृष्ट स्थान हो आमाको काख ।।
जिन्दगीको हरेक परिस्थितिलाई पार गर्नेको लागि म माग्दछु एकै साथ त्यो हो आमाको हात ,
आमाको भार बोक्नु परयो भनेर कहिल्यै पनि दुस्खि नहुनुहोस् किनकी आमाले तपाईंको भर नौ महिना सहेर संसार देखाएकि थिईन।
म आज जे छु र जे हुने आशा राख्दछु त्यो मेरो आमाको भोको पेट र खाली खुट्टाको त्याग को फल हो ।
आमाको सबैको ठाउँ लिन सविछन तर संसारमा कसैले पनि आमाको ठाउँ लिन सक्दैन्।
समय बदलिन्छ, मौसम बदलिन्छ,साथी बदलिन्छ यतिसम्म कि तपाईंको जिवनसाथी पनि बदलिन्छ तर आमाको माया र आमाको मन कहिले पनि बदलिदैन।
संसारमा हरेक चिज गुमाएपछि अर्को पटक पनि पाउन सकिन्छ तर आमा दोस्रो पटक कहिले पाउन सकिदैन ।।।।
संसारको सबैभन्दा धनी मानिस पनि आफनी आमा बिना गरिब नै हुन्छ।।।
मैले मेरो जिवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन।सम्मान स्वरूप सम्झना समर्पण छ आमा।नामै काफी,शब्दै काफी छ आमा।
लेखक
समिक्षा बराल ।
बाणगङ्गा ७ बनगाइ ,कपिलवस्तु