विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका विद्यालयहरुले कक्षा ११ र १२ दिवा समयमा चलाउने नगरको निर्यायलाई बेवास्ता गदै कतिपय विद्यालयहरुले विहानी कक्षा सञ्चालन गरेको भन्दै विज्ञप्ति मार्फत चेतावनी दिएको हो ।
विगत देखिनै नगरपालिकाले राजनैतिक दल, सरोकारवालासंगको छलफल र नगर शिक्षा समितिले कक्षा ११ र १२ अनिवार्य रुपमा दिवा सत्रमै सञ्चालन गर्नु पर्ने निर्णय गरेको थियो । गत १९ गते बसेको बैठकले नगरको निर्णय कार्यन्वयन गर्न श्रावण मसान्तको समय अवधि दिएको छ । यो समय अबधि पछि पनि कक्षा ११ र १२ विहानमा सञ्चालन गरेको पाईएमा कक्षा ११ र १२ सञ्चालन अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाउने नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिकामा सञ्चालित विद्यालयहरुमा माध्यामिक तह कक्षा ११ र १२ को पढाईलाई व्यवस्थित, मर्यादित र गुणस्तरिय बनाउन नगरपालिकाको निर्णय कार्यान्वयनका लागि विद्यालयलाई पटक पटक पत्रचार गरेको नगर शिक्षा समितिले जनाएको छ । तर नगरको निर्देशनकोे नै अपव्याख्या गदै कतिपय विद्यालयहरुले आम सर्वसाधारणलाई भ्रम फैलाउने, सामाजिक सञ्जालमा नकरात्मक टिप्पणि गरेको आरोप लगाएको छ । नेपालको संविधानले आधारभुत तथा माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानिय तहलाई प्रदान गरेको छ । स्थानिय सरकारको निर्णय र निर्देशन पालना नगरी गैरजिम्मेवारी ढङ्गले विद्यालयलाई विहानी र दिवा सत्रमा सञ्चालन गरी दोहोरो सुविधा लिने गरेको नगरको आरोप छ । शैक्षिक संस्था सेवामुलक भन्दा पनि व्यापारिक दृष्टिले आयमुलक वनाई कतिपय विद्यालयहरु त्यसैमा रमाएको नगरपालिकाले जनाएको छ ।
यता विद्यालयका प्रधानाध्यापकहरु भने विहानी कक्षा सञ्चालन नगर्दा विद्यार्थी संख्या घटेको उपकार अनलाईलाई जानकारी गराए । नगरले कक्षा ११ र १२ दिवा सत्रमा कक्षा सञ्चालन गर्ने भने पछि सैनौमैनाका धेरै जसो विद्याथीहरु विहानी कक्षा लिन बुटवल जाने गरेको प्रधानाध्यापकहरु बताउछन् । यस क्षेत्रका धेरै जसो विद्याथीहरु विहान पढेर दिउँसोको समयमा काम गर्न जाने गरेको समेत शैक्षिक व्यतिmहरुले बताउछन् । नगरले गरेको निर्णयमा असन्तुस्ट जनाउदै कतिपय अभिभावक भन्छन पढाउन सक्ने घरको स्थिती छैन दिउँसोको समयमा सानो तिनो काम गरेर भएपनि आफ्नो पढाई खर्च त पु¥याउन सक्छन् । नगरले विहानको समयमा कक्षा ११ र १२ सञ्चालन गर्न दिनु पर्छ यदि होइन भने कि नगरले निशुल्क शिक्षाको व्यवस्था गर्न सक्नु प¥यो नि ?