उपकार अनलाईन, सैनामैना ।
न्यू मुनलाईट युवा क्लवको खेलमैदानमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला २०८० लाग्ने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा मेला सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
“विकास अनुशासन र गतिशिलताको आधार” भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको मेलामा दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने छ । न्यू मुनलाईट युवा क्लवका लौसाको आयोजना, अकला एम्युजमेन्ट कम्पनी प्रा.लि. को व्यवस्थापन र कञ्चन गाउँपालिका वडा नं. १ र २ को संरक्षकमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला हुन लागेको हो । मेला दिउँसो २ वजे देखि साझ १० बजे सम्म सञ्चालन हुने छ । मेला साउन ३१ गते देखि भदौ ११ गते सम्म सञ्चालन गर्ने आयोजकले जनाएको छ ।