सागर बेल्वासे, कपिलवस्तु ।
देशब्यापी रुपमा डेंगु रोगको संक्रमण बढेसंगै बाणगङ्गा नगरपालिकाको आयोजनामा नगरबासिलाइ डेंगुबाट बंच्ने उपायका सुचना संगै टोल टोलमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने,खाली बोत्तल ,ड्रम,फुलदानी,गमला,घरमा रहेका पानीका ट्यान्की,कुलर जस्ता सबै ठाउमा पानी जम्न नदिने तथा हप्ताको २/३ पटक सरसफाइ गरि डेंगु संक्रमण गराउने लाम्खुट्टेको वृद्धि बिकास रोक्ने अभियानमा सचेतना गराउन थालिएको छ।
विहिवार देखि नगर भित्रका हरेक वडा का स्वास्थ संस्था,जनप्रतिनिधि र स्वस्थ्य स्वयं सेविकाहरुको सहभागिता मा भदौ १० गतेसम्म यो अभियान रहने वडा नम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र कि प्रमुख इस्वरा खरेल ले बताउनु भएको छ।वडा नम्बर १ का अध्यक्ष एबम सोही स्वास्थ सेवा केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष सन्जु कुमार सारुको अध्यक्षतामा सेवा केन्द्रमै भएको ब्यबस्थापन समिति को बैठक मा सो रोग नियन्त्रणमा हरेक नागरिक लाई जिम्मेवार महसुस बनाउनु पर्ने जनाइएको थियो।
कार्यक्रममा ब्यबस्थापन समिती उपाध्यक्ष टोपकला बि सि, सदस्य बुद्दिसागर बेल्बासे,सिद्दार्थ मा बि का प्रधानाध्यापक इस्वर थापा, वडा सदस्य सीता सुनार,लक्ष्मिकान्त खत्री ,राजकुमार थारु,प्रगती टोल बिकास संस्थाका अध्यक्ष तुल बहादुर सुर्यबंसी,सेवा केन्द्रका कर्मचारी मेनका न्यौपाने ,भगवती थापा लगायत अन्य टोल बासिको समेत उपस्थिति मा सचेतना कार्यक्रम सुरु भएको छ।कार्यक्रम को संचालन कार्यालय प्रमुख इस्वरा खरेल ले गर्नुभएको थियो।