विमल गैरे, सैनामैना ।
नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकै गर्दा कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै अवसरमा लोकप्रिय गायक तथा सर्जक विक्रमबावु विश्वकर्मा र समिक्षा गैरेले ‘मायाको केशै फिरीफिरी‘ नया तीज गीत भर्खरै मात्र सार्वजनिक गरेका छन् ।
पछिल्लो समय शव्द संगीतमा व्यस्त विश्वकर्माले यस वर्षको तीजका लागी करिव दुई दर्जन बढी गीत सार्वजनिक गरेका छन् । विक्रमबावु विश्वकर्माले शव्द मात्र लेख्दैनन् उनले संगीत भर्छन भने स्वर पनि दिने गर्दछन् ।
केहि समय अगाढी मात्र सार्वजनिक गरेको ‘मायाको केशै फिरीफिरी तीज गीतमा चर्चित गायक खेम सेञ्चुरी र गायिका समिक्षा गैरेको आवाज रहेको छ । सर्जक विश्वकर्माले यो तीज गीत आफ्नो परिक्षा भएको समेत बताएका छन् । उनले लेखेका अरु धेरै गीत मध्ये यस गीतलाई फरक तरिकाले हेरेका छन् । किनकी यो बढी आशा गरिएको गीत मध्येको एक हो । अव सफल गराउने नगराउने त दर्शक श्रोताको जिम्मा छ त्यो भोलिका दिनले बताउला आशा गरौ यो तिज गीत यो वर्षको उत्कृष्टमा पक्कै पर्नै छ ।
‘मायाको केशै फिरीफिरी‘ तीज गीतमा विक्रमबाबु विश्वकर्माको शव्द संगीत रहेको छ भने गीतको म्यूजिक भिडियो उतकृट बनाइएको छ । गीतलाई शंकर वि.सी ले निर्देश गरेका छन् । प्रकाश सपुत र अन्जली अधिकारीको दमदार न्यृत्य रहेको तीज गीत विक्रमबाबु विश्वकर्माको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
गीतको सफलताको कामना सहित । गीतको म्युजिक भिडियो यहाँहरुको लागि