रिता खनाल, कपिलवस्तु ।
उज्वोल गिरी र कमल कडेलको दाम छैन बोलको तिज गित सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट स्वर दिदै आएका गाएक तथा हास्यँ कलाकार उज्वल गिरी ,दानवीर , गायिका अस्मिता डल्लाकोटी ,कमल कंडेल , मन्जु भट्टराईको नयाँ तिज गित दाम छैन सार्वजनिक भएको हो ।
उक्त गीतमा लय शब्द भने कमल कडेंल र कलाकार उज्वोल गिरीको नै रहेको छ । विशेष गरेर पारिवारिक सामाजिक यथार्थ घटनामा आधारित मौलिक गित समेत रहेको दाम छैन बोलको तिज गितमा चर्चित हास्यँ कलाकार , उज्वल गिरी ,तेसैगरी कलाकार कमला गैरे , निता भन्डारी ,लक्ष्मन पान्डेले उत्कृष्ट अभिनय गरेका छन् । उक्त गितका प्रत्येक शब्दले सुन्ने सबै दर्शकको ध्यान केन्द्रीत गरेको छ ।
यस तिज गितको अडियो संगै भिडियो पनि उत्कृष्ट बनेको छ । बिस्णु भट्टराईको निर्देशनमा रहेको छ । देशको परिस्थितिलाई मध्यनजर गरि उक्त गित रचना गरेको निर्देशक बिस्णु भट्टराईले बताएका छन् ।