
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नः ९ इमिलियाबाट राजस्व छली गरि ल्याइएको करिब ७ लाख बराबरको अवैध जुत्ता चप्पल बरामद भएको छ । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र प्रहरी २८ गण नम्बरको टोलि र जिल्ला राजश्व कार्यालय कपिलवस्तुको टोलीले बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा भन्सार छली गरी ल्यइएका उक्त मुल्य बराबरका जुत्ता चप्पल सहित लु १८ ह ३८८३ नम्बरको टेम्पो र चालकलाई समेत पक्राउ गरिएको जिल्ला सशस्त्र प्रहरी २८ गण नम्बरका प्रमुख जिवन के.सी ले बताउनु भयो ।
उक्त सु सेन्टरमा विगतमा पनि यसै गरि भन्सार छलिका समाग्री ल्याउने गरेले विशेष सुराकीको आधारमा बरामद गर्न सफल भएको उहाँले बताउनु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रमुख के.सी ले बताउनु भयो ।