प्रयास साकोसको आयोजनामा नचाइयो लाखे नाच

प्रदिप ज्ञवाली, सैनामैना ।
प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा लाखे नाच सम्पन्न भएको छ। संस्थाले राखेका उद्देश्यहरु मध्ये सामाजिक उत्तरदायित्व बहन तथा मौलिक संस्कृति जगेर्ना अन्तर्गत नेवारी समुदायको परम्परागत संस्कृति स्वरुप प्रदर्शन गरिने लाखे नाचको आयोजना गरिएको संस्थाका अध्यक्ष भिम बहादुर थापाले जानकारी दिए।

उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीले तिलोत्तमा शङ्करनगरबाट झिगु नेवा पुच संस्थाबाट दर्जनौं कलाकारलाई लाखे नाच देखाउन आमन्त्रण गरिएको बताए।

नेवा देव दवु जिल्ला समितिका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, सचिब निर्मल प्रसाद श्रेष्ठ लगायतका पदाधिकारीको समेत उपस्थिति रहेकोे लाखे नाच कार्यक्रम सबै जातजाति, धर्म, भाषा, संस्कृति, रितिरिवाजसहितको बिबिधता रहेको सहिष्णु नेपाली समाजमा सबैले रुचाउने भन्दै यस्ता कार्यक्रमको महत्त्व झनै बढेर गएको संस्थाका सचीव प्रकाशमणि खनालले बताए।
२५०० बढी दर्शकले अवलोकन गरेको लाखे नाच कार्यक्रममा तामनगर राजपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, नवरत्न मा वि र चारपाला पुर्व सैनिक कल्याणकारी क्लबको समेत सहयोग प्राप्त भएको जानकारी कार्यक्रम संयोजक सीता कंडेलले दिइन। नवरत्न मा वि तामनगर शाखा प्रमुख भविश्वर बन्जाडेले विद्यालय शिक्षाको पाठ्यक्रममा समेत लाखे नाचको विषयबस्तु राखिएको र आफ्ना विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गरि सिकाइ समेत हासिल गरेकोमा प्रसन्नता व्यक्त गरे। कार्यक्रम भिम थापाको अध्यक्षता, इश्वरी प्रसाद रेग्मिको स्वागत र प्रकाशमणि खनालको संचालनमा सम्पन्न भएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation