कविता : मेरो सपना

उपकार अनलाइन, सैनामैना ।

कविता : मेरो सपना

ओहो आज पनि आमालाई औषधि गर्न पैसा पुगेन
दिनभरि बालुवा बोकेर आउदा पनि पैसा भएन
बिहान साझ एक छाक खान पनि धौधौ छ
मलाइ स्कुल ड्रेस लाएर पढ्न जाने ठुलो रहर छ
बाबा छैनन् आमा मात्र कसरी पढु
आफन्त भने पैसावाला म कसरी अघि बढु
साथिले धनभन्दा विद्या ठुलो भनेर पढेको सुने
यो सहरमा धन भन्दा ठुलो केही रहेनछ
आमाको उपचारमा दिनरात खटिएको छु तर अभाव पैसा
आफन्तसगँ मागु सबै टाढा कोहि छैन्न साथमा
आज दिनरात मेहेनत गरेको छु।
भोलि सुखको दिन आउला कि भनेर खै कल्पनामा सिमित होला जस्तो छ
तर, मेरो सपना आमा लाई निरोगि राख्ने त्यो सपना छिट्टै पूरा गर्न सकु !!!

लेखक : प्रतिमा पाण्डे
सैनामैना, रुपन्देही ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation