कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा प्रथम बने सङ्गै २ नम्बर वडाको समुहले नगद र प्रमाण पत्र प्राप्त गरेको छ । उक्त समुहमा सबिता बेल्वासे, अमृता खत्री, देउका राना, मेनुका खनाल, सिता वि.सी, मानकुमरी वि.सी, भुमिकला सारु, माया घिमिरे रहनु भएको थियो ।
त्यस्तै वडा नं ६ को समुह द्वितीय, वडा नं ८ को समुह तृतीय र वडा नं १ र वडा नं ४ को समुहले सान्त्वना स्थान हासिल गर्न सफल भएको वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले पछिल्ला वर्षहरुमा महिलाहरुका दुख र वेदना पोख्ने चार्ड तिज भड्किलो बन्दै गएको भन्दै दुख ब्यक्त गर्नुभएको छ । तिज, दशै, तिहार, छठ लगायतका चाडपर्वहरुलई हाम्रो सामथ्र्य अनुसार मनाउनु पर्नेमा उहाँको जोड रहेको थियो । हाम्रो मौलिक परम्परालाई विर्सेर पश्चिमी संस्कृतीमा रमाउन लागेको भन्दै त्यस तर्फ हामि सबै सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ ।
त्यस्तै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले हाम्रो धर्म, संस्कृति र परम्परालाई आगामि पुस्ता माझ जस्ताको त्यस्तै सुम्पिनु पर्ने बताउनु भएको छ । परापुर्व कालदेखि चल्दै आएको धर्म र संस्कृतिको जर्गेना गरेर अघि बढ्नुपर्ने उनको भनाई रहेको थियो ।
फोटो : हेलो बाणगङ्गा नगरपालिका को फेसबुक पेज