बाणगंगाका कर्मचारी पनि भोलि काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले गत १९ गतेदेखि सुरु गरेको पेन डाउन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलनलाई निरन्तरता दिएका हुन ।

सरकारले कर्मचारीहरुको मुद्धालाई नसुनेको भन्दै बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरु भोलि राजधानी केन्द्रित आन्दोलनमा सहभागि हुने जनाइएको छ । केन्द्रिय कर्मचारी सङ्घर्ष समितिको निर्णय अनुसार २२ गते बाट देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरु काठमाडौ गएर आन्दोलन गर्ने जनाइएको छ । त्यसको लागि कपिलवस्तुको बाणगंगा बाट करिब १४ जना र जिल्लाका अन्य पालिकाहरु बाट पनि १०÷१५ जनाको सङ्ख्यामा कर्मचारी काठमाडौ जान लागेको पनि एक कर्मचारीले बताएका छन ।

संसदमा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै देशभरका स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन । निजामति सेवा ऐनको सट्टा एकिकृत सेवा ऐन जारि गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समावेश गरिनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु राख्दै कर्मचारी आन्दोलनरत रहेका छन ।

प्रशासनिक संघियता पुर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान आधिकार भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा अब काठमाडौ गएर आन्दोलनलाई अझ शसक्त बनाएर अगाडि बढ्ने समेत चेतावनी दिएका छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation