बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयताप्रति जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् । बिहीबार भैरहवामा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेकोले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्नुपर्ने बताइन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले नीति निर्माता गर्दा तथा योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको छ ।