गैडहवामा बिद्यालय प्र.अ र ब्यबस्थापन समितिलाई सुशासन सम्वन्धी एक दिने कार्याशाला गोष्टि सम्पन्न

उपकार अनलाईन, गैडहवा ।

रुपन्देहीको गैडहवा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई बिद्यालय सुशासन सम्वन्धी कार्यशाला गोष्ठी कार्यक्रम विहिवार गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र प्रशिक्षक गिरी राज अर्याल बिद्यालयमा हुने सुशासन र लेखा प्रशिक्षण खरिद बिल बिद्यालय सन्चालनको बारेमा प्रशिक्षण दिदै बिद्यालयमा धेरै जोडिने हुदा बिद्यालयका शिक्षकले धेरै कुरामा ज्ञान सीप सहित समाजको नेतृत्व लिनुपर्ने जोड दिनु भएको हो । कार्यक्रममा कार्यकारी निर्देशक गोपाल बहादुर केसिले शिक्षक समाज परिवर्तनको जग रहेको भन्दै शिक्षकहरुलाई हरेक ठाउँबाट सहयोग आफ्नो संस्थाले गर्ने बताउनु भयो।

कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्र र किशोरकिशोरी साथी सन्जालको आयोजना गैडहवा गाउँपालिका समन्वय सहयोग स्ट्रोम फाउन्डेसन नेपाल र सुनगाभा सामुदायिक बिकास केन्द्रको रहेको थियोे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation