छाडा चौपाया नियन्त्रणको कार्य तिव्र गतिमा अघि बढेको छ : वडा अध्यक्ष पौडेल

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले छाडा पशुचौपाय नगरको विकारल समस्याको रुपमा रहेकोले यसलाई सामाधान वडाहरु र सिङ्गो नगर लागि परेको बताउनु भएको छ । बुधवार छाडा पशुचौपाया नियन्त्रणका लागि बाणगंगा नगरपालिकामा भएको वन उपभोक्ता समितिका पदअधिकारीसंगको अन्तरक्रिया एंवम शुभकामना आदाना प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

तथा छाडा पशुचौपाय ब्यवस्थापन समितिका संयोजक पौडेलले यसको समाधानको लागि नगरको विशेष समिति बनेको र कामलाई तिव्र गतिमा अगाडि बढाईरहेको उहाँले बताउनु भएको छ । साथै उहाँले यसका लागि सामुदायिक वन तथा साझेदारि वनले सहयोग गर्नुपर्ने बताउनु भयो ।

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष, सामुदायिक वन तथा साझेदारि वनका अध्यक्ष तथा प्रतिनिधि, वनका कर्माचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वन प्राविधिक नबिन पाण्डेले गर्नुभएको थियो ।

May be an image of 9 people and text

May be an image of 7 people and crowd

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation