कपिलवस्तु । अन्तरक्रिया कार्यक्रममा बोल्ने प्रायः सबै सहभागीहरुले छाडा पशुचौपाया व्यवस्थापन लाई अन्य कार्यक्रम जस्तो देखावटी नबनाउन नगरपालिका सङ्ग आग्रह गरेका छन । बुधवार छाडा पशुचौपाया नियन्त्रणका लागि बाणगंगा नगरपालिकामा भएको वन उपभोक्ता समितिका पदअधिकारीसंगको अन्तरक्रिया एंवम शुभकामना आदाना प्रदान कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै बाणगंगा २ पिपरामा रहेको महिला कोटी सामुदायिक बनका अध्यक्ष रत्न कार्कीले नगरले चालेको कदम उत्कृष्ट रहेको तर यो कार्यक्रम दीर्घकालीन खालको बनाउन सुझाब दिनुभएको छ । गर्न मिल्ने र सक्ने सहयोगको लागि आफु र वन तयार रहेको भन्दै देखावटी काम गरेर बजेट खर्च गर्नुले बाणगङ्गा पछि परेको उहाँले दाबी गर्नुभएको छ ।
त्यस्तै नव जागृती वनका अध्यक्ष त्यस्तै हेमनाथ पौडेलले गाइको दुध र मलमुत्र लाई सहि सदुपयोग गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउनु भएको छ ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले छाडाचौपाया नियन्त्रण गर्न नगर भित्र रहेका सम्पुर्ण सामुदायिक वनहरु तयार रहेको तर काम प्रभावकारी र दीर्घकालीन हुनुपर्ने बताएका थिए । सहभागीहरुले जिल्लामा छिमेकी मुलुक भारत र छिमेकी जिल्लाहरु बाट आउने चौपायालाइ नियन्त्रण गर्न आवस्यक रहेको बताएका थिए । छाडापशुको समस्याले किसानका बालिनालि सखाप पर्नुका साथै सडक दुर्घटना बढेको गुनासो समते गरेका थिए ।
बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वन तथा साझेदारि वनहरुले सहयोग नगरि छाडापशु चौपाया नियन्त्रण हुन नसक्ने बताउनु भएको छ । वनको हरेक अबस्थाको बारेमा जानकारी हुनु स्थानिय सरकारको कर्तव्य भएको बताउदै सामुदायिक वन तथा साझेदारि वनले सम्वयन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले छाडापशुचौपायको ब्यवस्थापन गर्नको लागि गौशाला बनाउन सहयोग गर्नु पर्ने बताउनु भयो । अब प्रतेक वडा वडामा गौशाला बनाएर छाडापशुचौपायको ब्यवस्थापन गर्ने बताउनु भयो ।
त्यस्तै डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले छाडाचौपाया नियन्त्रण गर्न स्थानीय तहले जिल्लाका वनहरु सङ्ग समन्वय नगरि काम गर्न नसकिने बताउनु भएको छ । स्थानीय सरकारका नियम कानुन र वनका नियम कानुनको विषयमा सबै पक्षलाई समेटेर गहन छलफल र अन्तरक्रिया गरेर मात्र उचित कदम चाल्नुपर्ने उहाँको राय रहेको थियो । बाणगङ्गामा रहेका छाडाचौपायालाइ गोठ बनाएर एकै ठाउमा पाल्न नसकिने भएकाले अन्य उपयुक्त तरिका बाट अगाडि बढ्न उहाँले सुझाउनु भएको थियो ।
वडा नम्बर २ का वडा अध्यक्ष, नगर प्रवक्ता तथा छाडा पशुचौपाय ब्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले छाडा पशुचौपाय नगरको विकारल जटिल अबस्था भएको बताउनु भयो । यसको समाधानको लागि समिति बनेको र काम अब छिट्रै अगाडि बढ्ने बताउनु भयो । साथै उहाँले यसका लागि सामुदायिक वन तथा साझेदारि वनले सहकार्य गर्नु पर्ने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले वनकोे ऐन नियम अनुसारको निति बिधि र प्रविधिको प्रयोगबाट नगरलाई कसरी पुर्ण सरसफाई सुन्दर नगर बनाउन सकिन्छ भन्ने कुरामा वनले सहयोग गर्ने आवश्यक रहेको बताउनु भयो ।
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, सामुदायिक वन तथा साझेदारि वनका अध्यक्ष तथा प्रतिनिधि, वनका कर्माचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वन प्राविधिक नबिन पाण्डेले गर्नुभएको थियो ।