स्व. पुरुषोत्तम आचार्यको स्मृतिमा सङ्कलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण

कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । देश विकासमा आचार्यको अभाव खड्किएको बताउदै उहाँको प्रेरणाले हरेक क्षेत्रमा सकरात्मक बाटो प्रदान गर्ने समेत उहाँले बताउनु भयो ।

त्यस्तै फरक प्रसङ्गमा निवर्तमान मुख्यमन्त्री गिरिले पछिल्लो समयमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्नको लागि केहि अरा जक तत्व पछि परेको बताउनु भएको छ । लामो सङ्घर्स पश्चात आएको उत्कृष्ट व्यवस्थाका विरुद्ध उठेका आवाज लाई हामि सबैले अस्विकार गर्नुपर्ने बताउनु भएको भयो ।

No description available.त्यस्तै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले स्वर्गीय आचार्य शिक्षाको क्षेत्रमा मात्र नभएर राजनैतिक, सामाजिक लगायतका पक्षमा पनि महत्वपुर्ण काम गर्नुभएको भन्दै हामिले उहाँलाई विर्सन नहुने बताउनु भयो । साथै उहाँले आचार्यले देखाएको बाटोमा अबको युवा जानु पर्ने बताउदै लोकार्पण स्मृति ग्रन्थले उहाँको बारेम थप बुझ्ने अवसर प्राप्त भएको पनि उहाँले बताउनु भएको छ ।

No description available.

प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले समाज परिवर्तनमा उहाँले कोरेको बाटो सधै अनुकरणीय रहेको बताउनु भयो । साथै उहाँले कपिलवस्तु र अर्घाखाँचीको राजनैतिक क्षेत्रलाइ समन्वयात्म ढङ्ग बाट अघि बढाउन स्वर्गीय आचार्यको भुमिका महत्त्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

No description available.

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले समाज परिवर्तनमा स्वर्गिय पुरुषोत्तम आचार्यको योगदानलाइ १ दिन १ हप्ता छलफल गरेर नपुग्ने बताउनु भएको छ । त्यस्तै उहाँले अर्घाखाँचीमा एमालेको स्थापना र बिकास गर्नमा पनि आचार्यको ठुलो योगदान रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा एमाले कपिलवस्तु जिल्ला पुर्व अध्यक्ष झबिलाल पोख्रेल, पुर्व जिल्ला शिक्षा अधिकृत डबल जिसी, सिद्धार्थ क्याम्पसका प्रमुख बेदु राम अर्याल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, बुद्धिजिवि कमल चुदाली, शैक्षिक व्याक्तित्व मोहन ज्ञवाली, डाक्टर गोबिन्द्र प्रसाद आचार्य, गुण लक्ष्मी ज्ञवाली लगायतले मन्तव्य राख्दै आचार्यको योगदान अतु ल निय रहेको भन्दै उहाँले नेपाली समाजले सधै सम्जिरहने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, वाणगंगा नगरका मेयर चक्र पाणी अर्याल, लगायत आर्चाको परिवार,बुद्धिजिवि, समाजसेवि शिक्षक, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै पुस्तकका सम्पादक राजिव खनालले विभिन्न ब्याक्तिहरुका भनाइहरुलाइ समेटेर आफुहरुले उक्त पुस्तकको सम्पादन गरेको भन्दै उत्कृष्ट बनाउने प्रयाश गरेको बताउनुभयो । कार्यक्रममा पुरुषेत्तम आचार्यको स्मृतिग्रन्थ २०८० लोकार्पण समेत गरिएको थियो ।

No description available.

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, समाजसेवि तथा स्वर्गीय पुरुषोत्त आचार्यको भतिज तिर्थराज आचार्यको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन भने मिनराज ज्ञवालिले गर्नुभएको थियो । यता स्व आचार्यको पहलमा सिद्र्धाथ क्याम्पस स्थापना सँर्गै विकास समेत भएको थियो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation