उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको छ ।
महोत्सवमा हुने विभिन्न कार्यक्रमहरु संगै कलाकारहरुको प्रस्तुती हेर्ने दर्शकहरुको संख्या बढ्न थालेको आयोजकले जनाएको छ । महोत्सवमा भोली मंसिर ११ गते सोमवार राष्ट्रिय लोक तथा दोहोरी गायक चन्द्र शर्मा पछिल्लो समय दशकले सर्वाधिक रुचाइएका लोक प्रिय गायक तथा सर्जक खेम सेञ्चुरी र दोहोरी गायिका रितु शाहि आउने महोत्सवको सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताउनु भयो ।
आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन ।