![](http://upakaronline.com/wp-content/uploads/2024/01/1706522929613-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको भू.पू. सैनिक इङ्लि बोर्डिङ् स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । सोमबार देखि २ दिने खेलकुद महोत्सव बालापुरमा रहेको मायादेवी रङ्गशालामा सुरु भएको हो ।
खेलकुद महोत्सवको उद्घाटन गर्दै कार्यपालिका सदस्य सार्दा परियारले नेपालले पछिल्लो समय खेलकुदमा राम्रो प्रगति गरिरहेको भन्दै विद्यालय स्तर बाटै खेलकुदलाई महत्वमा राख्नुपर्ने बताउनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलमा प्रतिसपर्धा गर्ने खेलाडी उत्पादन गर्न यस्ता खेलकुद महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले विद्यार्थीको चौतर्फी विकासको लागि खेलकुद निक्कै महत्वपुर्ण रहेको बताउनुभयो । विद्यार्थीको उमेर, क्षमता, रुची र चाहाना अनुसारका खेलकुदलाई विद्यालयले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, दौड अन्तर्गत १ सय र २०० मिटर, ज्याब्लिङ थ्रो, लङजम्प, हाइजम्प, त्रिपलजम्प, विभिन्न किसिमका मनोरञ्जनात्मक खेलहरु समेटिएको प्रिन्सिपल डम्बर सोमैले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, अन्य पदाधिकारी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।