पाल्पा । पाल्पामा मंगलबार एकजना मृत फेला परेका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
उनी बिहान ९ बजे आफ्नै घरको बार्दलीमा मृत भेटिएका हुन्।
शवलाई रिडी प्राथमिक स्वास्थ्य चौकीमा पोष्टमार्टमका लागि पठाइएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।