क्षेत्रीको नेतृत्वमा कपिलवस्तुका संयुक्त व्यवसायीहरुको साझा प्यानल घोषणा

कपिलवस्तु । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन पाँच दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन ।

आगामी ३ बर्षे नेतृत्वको लागि तिनवटा प्यानल चुनावी मैदानमा उत्रिने भएका छन । तिन वटा प्यानलहरुले आआफ्ना पदाधिकारीहरुको नाम समेत सार्वजनिक गरिरहेका छन ।

यसैबीचमा वाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तथा व्यवसायी गणेश बहादुर क्षेत्रीको नेतृत्वमा रहेको प्यानलका पदाधिकारी टुङ्गिएका छन् । आज बसेको व्यवसायीहरुको सझा भेलाले पदाधिकारीहरु सार्वजनिक गर्दै विभिन्न निर्णय समेत गरेको छ ।

क्षेत्रीको नेतृत्वमा घोषणा भएको प्यानलको बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसियट उपाध्यक्षमा रामजी सेन, बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, महासचिवमा नवदत्त घिमिरे, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सहकोषाध्यक्षमा बसन्त कँडेल रहनुभएको छ । त्यस्तै महिला खुला सदस्यतर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरे रहनुभएको छ ।

यसैबीच अध्यक्षका उम्मेदवार क्षेत्रीले समग्र उद्योगी व्यवसायीहरुको हकहितको लागि आफुहरु मैदानमा उत्रिएको भन्दै सम्पुर्ण पदाधिकारीलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो ।

आज बैठकले यज्ञ प्रसाद भट्टराईको संयोजकत्वमा १ सय १ सदस्यीय प्रचार प्रशार समिति र विष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यी अनुगमन तथा मुल्याङ्कन समिति समेत गठन गरेको छ । बैठकले सम्पुर्ण व्यवसायीहरलाई सहमतिमा आएर पदाधिकारी चयन गर्न पनि आह्वान गर्ने निर्णय गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation