अर्घाखाँचीको भूमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङ स्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जिप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।  २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख प्रतिक सिह राठौरले जानकारी दिनुभयो । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्वर २ मुलटंकि निवासी देवा वेल्वासे र सन्धिखर्क नगरपालिका वाड नम्वर ८ खापडाडा निवासी डेमकला आचार्यको रहनुभएको छ ।

जिप थापा डाँडा बाट करिब १५० मिटर तल खोला खर्क झरेको जनाइएको छ । घाइतेको उद्धार भइरहेको प्रहरीको भनाई छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation