![](http://upakaronline.com/wp-content/uploads/2024/02/422408663_7195041567278784_2768413645222988444_n-670x420.jpg)
कपिलवस्तु । मौलिक लोक संस्कृति को संरक्षण संगै कला प्रतिभा को महत्त्व बुझ्ने बुझाउने उदेश्य सहित वाणगंगा १ का महिलाहरुका लागि संचालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठान कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिका वडा नं. १ को सहयोगमा महिलाहरुको लागि १० दिने वाद्यवादन तालिम संचालन गरिएको थियो ।
समापन कार्यक्रमको प्रमुख अतिथी वाणगंगा नगरपालिकाकी उपमेयर रीता चौधरीले सबै जातजाती, समुदाय, भाषा, कला र संस्कृतिप्रति आफ्नो सद्भाव र सहयोग सदैव रहेको बताउनुभयो । उपमेयर चौधरीले विभिन्न भाषा धर्म संस्कृतिको विविधता भएकाले यस नगरमा यहाँ रहेका संस्कृति संरक्षणमा आफुले जोड दिने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कला संस्कृतिले व्यक्तित्व विकास संगै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । वाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सञ्जु सारु, जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियार, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, वडा सदस्य टोपकला विसी, समाजसेवी शुशिला घिमिरे लगाएतले नेपाली परम्परा जोगाइराख्न नगरपालिकाले महिलाहरुलाई लक्षित गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए । हाम्रा परम्पराहरु लोप हुन नदिन वाद्यवादन संरक्षण, सम्वद्र्वन र प्रवद्र्धनको लागि सवैले सक्दो सहयोग गर्ने बताएका थिए ।
वाद्यवादन तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता संस्थाकी आजिवन सदस्य एबम बिशिस्ट ब्याक्तित्व निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारीको अध्यक्षता, समाजसेवी उषा नेपालको स्वागत तथा प्रतिष्ठानका अध्यक्ष बुद्धिसागर बेल्वासको संचालनमा सम्पन्न भएको थियो । तालिमको प्रशिक्षकमा लिलापती घिमिरे, बुद्धिसागर वेल्वासे र मोहन गौतम रहनुभएको थियो । महिलाहरुलाई मादल, खैजडी, मजुरा, हारमुनियम लगाएतका वाद्यवादन सिकाइएको थियो ।