पीडितलाई न्याय दिनेगरी शान्ति प्रक्रियालाई टुंगाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका हुन् ।

नेताहरूले प्रहरी मेरै अधिनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले विकृति सिर्जना गर्ने उनको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखे। अध्यक्ष ओलीले संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै उनले संक्रमणकालीन न्यायसँगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे।

उनले पीडितहरूलाई पीडा नभइ न्याय दिनुपर्ने बताए। अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation