महाराजगंजका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा

कपिलवस्तु । महाराजगंज नगरपालिकाका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ ।

कठ्यांग्रिँदो जाडोसँग जोगिएर सहज जीवनयापन गर्न सहयोग पुगोस् भन्ने हेतुले आवश्यक कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना, पछ्यौरी, थर्मस र तातो पानीका लागि रबर ब्याग लगायतका ८ प्रकारका सामाग्री बितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ती सामाग्री हस्तान्तरण गरे ।

कतार च्यारिटीको सहयोगमा ती सामाग्री यहाँका विपन्न परिवारका लागि भनेर प्राप्त भएका हुन् । प्रति व्यक्ति ८ हजार बराबरको सामाग्री बितरण गरिएको जनाइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation