‘४ लाखको ठाउँमा १७ लाख बुझाए, अब त मोर्नु बाहेक विकल्प छैन’

कपिलवस्तु । सरकारलाई दबाब दिन कैलाली/कञ्चनपुर बाट हिडेको मिटर ब्याज पीडितहरूको टोली बिहिवार कपिलवस्तु आएको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले सुरु गरेको पैदल यात्रमा कपिलवस्तु सहित विभिन्न जिल्लाहरु बाट मानिसहरु थपिदै राजधानी सम्मको यात्रा तय गरेका हुन ।

विभिन्न मागहरु राख्दै सुरु गरेको यात्र काठमाडौ सम्म पुगेर मात्र नसकिने मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति कपिलवस्तुका अध्यक्ष प्रकाश रैदासले बताउनुभयो । पौष १६ गतेदेखि सुरु गरिएको मेची–महाकाली ‘न्याय मार्च’ अभियान अन्तर्गत नै यो दबाब कार्यक्रम रहेको बताउनुभयो । मिटर ब्याजी पिडकले आफुहरुको घर, गोठ, खेत सम्पती सबै लगेर बाच्ने आधार नै नराखेको भन्दै देशका सबै जिल्ला बाट पिडितहरु राजधानी पुगरे विरोध गर्ने अध्यक्ष रैदासले बताउनुभयो । सरकारले आफुहरुका मागहरुलाई बेवास्ता गरे अझ सशक्त ढङ्ग बाट अगाडि बढ्ने उहाँले चेतावनी समेत दिनुभयो ।

त्यस्तै अर्का पैदल यात्रीले भने, ‘सरकारले मिटर ब्याज सम्बन्धी कानुन त बनायो तर, उक्त कानुन पीडित पक्षका लागि नभएर साहु महाजनको पक्षमा बनायो ।’ उनले मिटर ब्याजी पिडित सहित वित्तिय संस्था बाट पिडित, सुकुम्बासी, लगायतको समुह बनेर राजधानी जान लागेको भन्दै सरकारलाई आफुहरुको समस्या प्रति गम्भिर बन्न बाध्य गराउने बताए ।

त्यस्तै कैलालीकी दिलकुमारी सुनारले आफुहरुका पिडा अबपनि सरकारले नसुने र पिडकलाई कारबाहि नगरे आत्महत्या गर्न बाध्य हुने बताउनुभयो । ‘प्रहरी प्रशासनले पनि हाम्रा कुरा सुन्दैन, जो पिडित छ त्यसैलाई लगेर थुन्छ । मैले ४ लाख ऋण लिएकी थिए १७ लाख भन्दा धेरै बुझाए अझै मागिरहन्छन, अब त मोर्नु बाहेक विकल्प छैन ।,’ उहाँले भन्नुभयो ।

बालबच्चा, वृद्धवृद्धा, महिला सहित करिब १५० जना रहेको उक्त समुहका हरेक मानिस थकिद देखिन्थे । धेरै मानिसका खुट्टामा चोटपटक पनि देख्न सकिन्थयो । उनिहरुले जिल्लाको पिपरामा खाना खाईसकेपछि अगाडिको यात्रा सुरु गर्ने बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation