मोटरसाइकल दुर्घटनामा पाल्पामा एकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानअन्तर्गत दोभान–झ्याङ्ला भित्री कच्ची सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट झ्याङ्जा जाँदै गरेको लु २१ प ५८३८ नम्बरको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय यमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

तिनाउ–२, दोभान घर भएका थापाले चलाएको मोटरसाइकल अनियन्त्रित भई तिनाउ खोलामा खसेको थियो । सख्त अवस्थामा भेटिएका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा उपचारका क्रममा मृत्यु भएको दोभान प्रहरी चौकीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation