गुल्मीमा बाँदरपीडित किसानलाई गुलेली र मट्यांग्रा

गुल्मी । बाँदरपीडित किसानलाई बाँदर धपाउन सहयोग गर्न नेपाली कांग्रेसले गुलेली र मट्यांग्रा वितरण गरेको छ ।

गुल्मी कांग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियानु अन्तर्गत् कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले रुरुक्षेत्र गाउँपालिका(२ ग्वादीका किसानलाई गुलेली र मट्यांग्रा वितरण गरेका हुन्।

गुलेली र मट्यांग्रा पाएपछि किसानको समस्या बुझेर कांग्रेसले केही हदसम्म सम्बोधन गरेको भन्दै बाँदरपीडित स्थानीय खुसी भएका थिए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भएपनि सहज बनाउन गुलेली र मट्यांग्राले सहयोग पुग्ने बताए ।

गुलेलीमा मट्यांग्रा राखेर हानेपछि बाँदर भाग्ने गर्दछन्, यसले केही भएपनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुझाइ हो,ु उनले भने।

ग्वादीका ३७ वर्षीय किसान जगत तिवारीले आफूले कांग्रेस सचिव भट्टराईसँग बाँदरका कारण समस्या भएको र आफूहरुसँग गुलेली समेत नभएको गुनासो गरेको बताए । उनको गुनासोपछि कांग्रेसले गुलेली र मट्यांग्रा उपलब्ध गराएको उनले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation