![](http://upakaronline.com/wp-content/uploads/2024/02/19471963401568713201_football-newskarobar-670x420.jpg)
काठमाण्डौ । आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली हिजो नै नेपाल आएको छ । त्यसअघि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम हुने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।