एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले हरायो

काठमाण्डौ । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा आजदेखि शुरु भएको खेलमा नेपालले बलियो दावेदार मानिएको हङकङलाई हराउँदै विजयी शुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । हङकङका लागि कतप्तान केरी चानले सर्वाधिक २१ रन बनाइन् । नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले दुई–दुई तथा कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए ।

९४ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभर १ वलमा २ विकेट गुमाएर पूरा गर्‍याे । नेपालकी कप्तान इन्दू बर्मा ४० रन बनाएर आउट भइन् । सीता राना मगरले नटआउट ३६ रन बनाइन् । हङकङका इकुरा सहर र बेटी चानले एक एक विकेट लिए । नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation