कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा शुक्रबार बाल मा.वि. बैरियामा १ दिने प्रदर्शनी सम्पन्न भएको हो ।
प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शन बाट माध्यमित तह तर्फ पारिजात मा.वि. बनगाई प्रथम भएको छ । त्यस्तै युनाईटेड स्टुडेन्ट एकेडेमि चप्परगाउँ दोस्रो, ओदारी मा.वि. तृतिय र जनता मा.वि. पिपरा सान्त्वना भएका छन ।
त्यस्तै आधारभुत तह तर्फ सुर्योदय आधारभुत विद्यालय चप्परगाउँ प्रथम हुन सफल भएको छ । त्यस्तै दोस्रोमा नवदुर्गा आधारभुत विद्यालय मोतिपुर, तृतियमा दुर्गाभवानी आधारभुत विद्यालय कर्महना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय सान्त्वना हुन सफल भएका छन ।
त्यस्तै मन्टेश्वरी तर्फ सिटी मन्टेश्वरी प्रथम भएको छ । त्यस्तै बाल मा.वि. बैरिया दोस्रो, युनाईटेड स्टुडेन्ट एकेडेमि चप्परगाउँ तेस्रो र बाणगंगा मा.वि. गजेहडा र मनकामना संस्कृत बाल विकास सान्त्वना हुन सफल भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले रेडियो हर्टविट सङ्ग बताउनुभयो ।
प्रदर्शनीमा करिब २५ विद्यालयको सहभागिता रहेको थियो । उनीहरुले बाणगंगा सहित कपिलवस्तु जिल्लामा प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया नियन्त्रणको लगि अपनाउन सकिने एक उत्कृष्ट प्रविधि, पानिको कमि हुँदा आफै सिंचाई हुने स्वचालित सिंचाई प्रविधि सहित अन्य विभिन्न प्रविधिका नमुनाहरु प्रस्तुत गरेका थिए ।
दैनिक पाठ्यक्रममा समावेश भएका भौतिक, शैक्षिक व्यवस्थापन लगायत विद्यार्थी, अभिभावक र शिक्षकहररूको अवस्था झल्कने गरी पाश्वचित्र बनाएर प्रर्दशन गरेको थिए ।