सैनामैना ५ वडा कप, क्रिकेटमा नव स्टार युवा क्लब प्रथम

सैनामैना । सैनामैना नगरपालिका वडा न ५ मा चलिरहेको प्रथम वडा कप २०८० मा विभिन्न खेलहरु भइरहेका छन । जस अन्तरगत आज भएको क्रिकेट प्रतियोगितामा दोगहरा युवा क्लबलाई हराउदै नवस्टार युवा क्लव प्रथम स्थान हासिल गर्न सफल भएको छ भने दोगहरा युवा क्लब दोस्रो भएको हो ।

दस अोभरमा भएको खेलमा ६९ रनको लक्ष्य पाएको नव स्टार युवा क्लबले सहजै जित हासिल गरेको हो । खेल सैनामैना ७ बयरकट्टी स्थित खेल मैदानमा भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation