कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये २०३ वटा फर्छयोट भईसेकेका छन भने ८९ वटा बाकी रहेको छन ।
भ्रष्टचारका उजुरी पर्ने जिल्लाको पहिलो सुचिमा रुपन्देही रहेको छ । त्याहाँ ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक कार्यालयले देखाएको छ ।
आर्थिक बर्ष ०८०/८१ तथ्याङक अनुसार कपिलबस्तुको दश स्थानीय रहेको जिल्लामा सबैभन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ वटा उजुरी परेका छन भने ३० वटा फर्छ्योट भएका छन । त्यस्तै दोस्रोमा कपिलबस्तु नगरपालिका रहेको छ । जहाँ ४७ वटा उजुरी मध्ये २० वटा फर्छ्योट भएका छन ।
त्यस्तै बुद्धभूमि नगरपालिकामा ३५ वटा उजुरी परेको छन भने १७ वटा फर्छ्योट भएका छन । त्यस्तै यशोधरा गाँउपालिकामा ३४ वटा उजुरी परेको छन भने ३ वटा मात्रै फर्छ्योट भएका छन । ३० वटा उजुरी परेको मायादेवी गाँउपालिकामा १३ वटा फर्छ्योट भईसकेका छन ।
त्यस्तै शुद्धोधन गाउँपालिकामा १३ वटा उजुरी परेको छन भने ६ फर्छ्योट भएका छन । सबैभन्दा कम उजुरी परेको शिवराज नगरपालिकामा ५ वटा उजुरी मध्ये कुनैपनि फर्छ्योट नभएको बुटवल भ्रष्टचार नियन्त्रण कार्यालयका उपसचिव ठाकुर प्रसाद आचार्यले बताउनु भयो ।
भ्रष्टाचारमा अनुमति सुचकाङकमा नेपाल ३५ अकं प्राप्त गरेको छ भने १०८ औ स्थानमा रहेको अन्ताराष्ट्रिय एक संस्थाको तथ्याङ्ले देखाएको छ ।