![](http://upakaronline.com/wp-content/uploads/2024/02/accident1700283610-670x420.jpeg)
तानसेन । पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ ।
जिल्लाको माथागढी –५, रहबास–खैरेनी भित्री सडकमा लु २ ख ५६१ नम्बरको टिप्पर सोमबार बिहान दुर्घटनामा परेको हो ।
रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढीस्थित धामिघा चुनढुङ्गा खानीतर्फ आएको टिप्पर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।