कपिलवस्तु हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वली जानकारी दिए ।

कपिलवस्तुमा नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको शव अवस्थामा शव फेला परेको थियो ।

मृतक कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए । नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको शवलाई मृतकका भाइले सनाखत गरेका थिए । शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपतिले बताए ।

शवलाई पोस्टमर्टमकालागि सोमबार बुटवल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घटनाका अभियुक्तलाई चाडै कानुनको दायरामा ल्याउने उनले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation