२ पटकको हल्लापछि रास्वपा सभापति लामिछाने शनिवार कपिलवस्तु आउँदै

कपिलवस्तु । दुई पटकको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कपिलवस्तु आउने भएका छन । यहि फागुन १२ गते शनिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा खुला सभालाई सम्बोधन गर्न लामिछाने आउने पक्का भएको आज पत्रकार सम्मेलन मार्फत रास्वपा कपिलवस्तुले जनाएको छ ।

स्थापना भएको छोटो समयमै राष्ट्रको चौथो पार्टी बनी छुट्टै पहिचान बनाउन सफल भएको पार्टीका सभापति आउनेभएकाले सम्पुर्ण जिल्लावासीलाई बुद्धरङ्गशालामा आई कार्यक्रमलाई भब्य रुपमा सफल पार्न जिल्ला सभापति शिव कुमार सुवेदीले आह्वान समेत गर्नुभयो । लामिछाने आउनेभएपछि अहिले शुरक्षा समिति, प्रचार प्रशार समिति, मञ्च व्यवस्थापन समिति लगायत विभिन्न समिति गठन गरेर तयारी गरिरहेको उहाँले बताउनुभयो ।

यसअघि २ पटकसम्म लामिछाने कपिलवस्तु आउने भनेर हल्ला भएको थियो । तर अन्तिम समयमा बिभिन्न कारण देखाउँदै रवि पुग्न सकेका थिएनन् । यसअघिका पटकपटकका हल्लामा सत्यता नरहेको भन्दै प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले यसपटक भ्रममा नपरी कार्यक्रममा आउन जिल्लावासीलाई आउन आग्रह गर्नुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation