कपिलवस्तु । ४२ औँ मगर एकता दिवसको अवसरमा अर्घाखाँचीको शितगंगा १४ मा भब्य कार्यक्रम हुने भएको छ । ‘विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौँ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौँ’ भन्ने मुल नारा सहित पावरमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद गर्दै दिवस मनाउन लागिएको मगर संघ शितगंगा १४ ले जनाएको छ ।
भाषा, भेषभुषा, कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रलाई भब्य रुपमा सफल पार्न वडा इकाई समिति सभापति अध्यक्ष कृष्ण दर्लामी मगरले आह्वान समेत गर्नुभयो । कार्यक्रमा गायक दिपक दर्लामी मगर, गायिका वर्षा थापा, नृत्यका लक्की सारु मगर लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने पनि उहाँले बताउनुभयो ।