![](http://upakaronline.com/wp-content/uploads/2024/02/427827983_803238904971351_2943246029460856982_n-670x420.jpg)
उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको गैडहवा गाँउपालिकाले गाँउपालिका स्तरिय दादुरा रुबेला खोप अभियान तथा संचारकर्मीहरु संग अभिमुखिकारण कार्यक्रम २०८० सम्पन्न गरेको छ । दादुरा रुबेला खोप दोस्रो चरणमा गैडहवा गाँउपालिकामा ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई फागुन २० गते देखि २४ गते सम्म खोप लगाउने कार्यक्रम सुरु हुने भएको छ । यस पालिमा ९ वटा स्वास्थ्य चौंकी बाट ५१ वटा खोप केन्द्र र बिद्यालयबाट १९६८४ बाल बालिकाहरुले दादुरा रुबेला खोप सेवा लिने भएका छन् ।
कोभिड-१९ को विश्वव्यापी महामारीबाट नियमित खोप सेवामा समेत असर परेको हुनाले नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिसम्मका बालबालिकाको उमेर पहिचान गरी नियमित खोपको स्थिति पहिचान गरेर छुटेकालाई खोप सेवा दिने भएको छ । दादुरा-रुबेला खोप प्रदान गरी दादुरा, रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रमको सँख्यामा उल्लेख्य रुपमा कमि ल्याई यी रोगहरूबाट हुने अपाङ्गता र मृत्युदरलाई शुन्य अवस्थामा ल्याउने र गर्भवती महिलालाई दादुरा रुबेला रोग लागेमा जन्मने बाच्चा अपाङ्ग र अगंभगं भएर जन्मने भएकाले यस लाई निर्मुल पार्नका लागि यो अभियानको मुल उद्देश्य रहेको बताईएको छ।
कार्यक्रममा गैडहवा गाँउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपुर्ण भुमिका हुने बताउदै बालबालिकालाई दादुरा रुबेलाको खोप गैडहवा गाउँपालिका भित्रका सम्पूर्ण बालबालिकालाई सहभागी गराउन अभिभावक संग आग्रह गर्नु भयो । यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालीकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पुरा हुँदा सम्म अर्थात दुई वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेटगरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु जरुरी रहेको भनाइ राख्दै धेरै खोप केन्द्र बिद्यालय क्षेत्रमा हुने भएकोले अभिभावक, बिद्यालयका शिक्षक, जनप्रतिनिधि, कर्मचारी, सञ्चारक्रमी, स्थानीय बुद्धिजीवीलाई आग्रह गर्नु भयो । अध्यक्ष पौडेलले जिल्ला स्वास्थ्य कार्यलयले गैडहवा गाउँपालिकालाई गरेको सहयोग प्रति धन्यवाद दिनु भयो।
यस्तै कार्यक्रममा रुपन्देही स्वास्थ्य प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन पालिकामा अभियान सञ्चालन गरिएकोले । २० गते देखि दोश्रो चरणमा ७ वटा पालिकामा अभियान सञ्चालन गरिएको जानकारी गराउनुभयो। दोश्रो चरणमा फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने र दोश्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवीमा खोप अभियान सञ्चालन हुने ढकालले बताउनु भयो । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको समेत जानकारी गराउनुभयो । उहाले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा र पालिका स्तरमामा आकस्मिक उपचार टोलीसमेत रहेको बताउनु भयो । दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप लगाईने ढकालले जानकारी दिनु भयो ।
गैडहवा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वागत गर्दै खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि नडराउन आग्रह छन् । कार्यक्रममा उपाध्यक्ष मधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, शिक्षा शाखा प्रमुख मधवराज पौडेल, रुपन्देही जनस्वास्थ्य अधिकृत रिषव श्रेष्ठ,वडा १ का अध्यक्ष प्रदीप चौधरी, वडा ३ का अध्यक्ष सराजुद्दीन धुनिया, वडा ४ का अध्यक्ष सुरेन्द्र सिहं कुर्मी , वडा ५का अध्यक्ष बिजय कुमार शर्मा , वडा ६का अध्यक्ष राजकुमार लोध, वडा न ८ का अध्यक्ष भुवन राना लगाएत सञ्चारक्रमिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
यो अवधिमा लुम्बिनी प्रदेशका ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाले दादुरा–रुबेला खोप लगाउनेछन्। पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान सुरु भएको छ। कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा नर्सिङ प्रमुख सिता गौतम,ले गर्नु भएको थियोे ।