पाल्पामा द्वन्द्वकालका ग्रिनेड अझै फेला पर्दै

पाल्पा । तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो ।

नेपाली सेनाले दाउरा खोज्ने क्रममा प्लास्टिकको ग्रिनेड भेटिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार बाँझो बारीको कान्लामा ग्रिनेड फेला परेको हो । धेरै वर्ष पुरानो जस्तो देखिने उक्त ग्रिनेड पड्किसकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ग्रिनेडका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation