कपिलवस्तु । कपिलवस्तुबाट अबैध रुपमा भारतबाट आयात भएको चिनी प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ३५ बोरा चिनी प्रहरीले बरामद गरेको हो ।
बरामद चिनीको मुल्य अन्दाजी सवा लाख पर्ने जनाइएको छ । उक्त चिनी प्रहरीले कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर २ गोरुसिँगे स्थित अर्घाखाँची चोकबाट बरामद गरेको जनाएको छ ।
कपिलवस्तुको चन्द्रौटा देखि अर्घाखाँची तर्फ जाँदै गरेको लु २ च ९६७३ नम्बरको पिक अप गाडीमा लोड भएको अवस्थामा ३५ बोरा (१७ सय ५० किलो) चिनी बरामद गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । प्रहरीले खानतलाीि गर्ने क्रममा १ लाख २२ हजार ५ सय मुल्यको चिनी बरामद भएको हो ।