![](http://upakaronline.com/wp-content/uploads/2024/03/PRO_KTM-6F8A3155-1536x1024-1-670x420.jpg)
काठमाण्डाै । आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ ।
क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ । याे ऐतिहासिक कदम भएकाे भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेकाे छ ।
सरकार र राखेपकाे यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानकाे विश्वास छ ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । याे समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेकाे हाे ।