![](http://upakaronline.com/wp-content/uploads/2024/03/IMG_5770-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बिहिवार नगरपालिकाको सभाहलमा सकारात्म सोच सम्बन्धी नगरस्तरीय प्रशिक्षण मुलक कार्यक्रम सम्पन गरेको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले महिला भएकै कारण महिलामाथि हुने शोषण, उत्पीडन, ज्यालामा विभेद, अमानवीय व्यवहार लगायत समस्या अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले महिलाहरुमा सकारात्मक सोच जागृत भयो भने परिवारमात्रै होईन समाज नै परिवर्तन गर्न सक्ने धारण राख्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले २१ औं शताब्दीमा पनि महिलाहरु अझै अधिकारकै लागि संघर्ष गर्नु परिरहेको बताउँदै घरबाटै सुरु हुने विभेद अन्त्यमा सवैको सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सकारात्मक सोच सम्वन्धि यस प्रकारका तालिमले महिला पुरुष सवैमा जागरण सिर्जना हुने उल्लेख गर्नुभयो ।
कार्यक्रम सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवलाल अर्याल, ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयकी मुर्गिया शाखा प्रमुख दर्शनी दिदी, प्रशिक्षक ऋषि न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसी ज्ञवालीले गर्नुभएको थियो ।