सैनामैनाको बासँगढीमा युवासँग युवा कार्यक्रम सम्पन्न

निश्चल ज्ञवाली, सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ८ बासँगढीमा युवासँग युवा कार्यक्रम सम्पन्न भएको छ । समाजका युवाहरुलाई समाजिक, राजनीति एवं विभिन्न क्षेत्रमा सचेत गराउनको लागि गरिएको उक्त कार्यक्रममा सैनामैनाका युवाहरुको उपस्थिति रहेको थियो ।

सैनामैनाभित्रका युवाहरुलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गरिएको आयोजक बासँगढी युवा क्लबले जनाएको छ । समाजमा बढ्दै गइरहेको नकारात्मक चिन्तन, बढ्दो विदेश पलायन एवं युवाहरुमा रहेको बढ्दो अन्योलतालाई मध्यनजर गरि त्यसको समाधान खोज्नका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित युवाहरुले समाजमा भएको विकृति, विसङ्गतीलाई केलाउन नसक्दा आफूहरु समस्यामा परेको बताएका छन् । देशमा बस्छु र केही गर्छु भन्ने युवाहरुले केही गर्छु भन्दा परीवार र समाजले साथ दिने प्रवृत्ति घट्दो भएकोले कुनै काम गर्न पनि आट नआएको सहभागीहरुले बताएका थिए।

देशको राजनीति परिस्थितिले गर्दा पनि आज देश कङ्गाल हुँदै गएको, युवाहरुलाई प्रोत्साहन गर्ने बानी सबै अभिभावकमा हट्नुको साथै देशको शैक्षिक क्षेत्रमा विकृति मौलाएको युवाहरुले गुनासो गरेको छन् । साथै युवाहरु गलत कुरामा नबोल्दा भ्रष्ट व्यक्तिहरुले अवसर पाएको कार्यक्रममा युवाहरुले औल्याएका थिए ।

युवासँग युवा कार्यक्रम हरेक समाजको लागि महत्त्वपूर्ण रहेको र यस्ता कार्यक्रमले युवा युवाबिचमा समझदारी, आपसी मेल बढ्ने विश्वास रहेको युवा अभियन्ता एवं कार्यक्रमका अतिथि लक्ष्मण गौतमले बताउनुभएको छ साथै वहाँले यस्ता कार्यक्रमहरु देशैभर गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । सैनामैनाको बासगढीमा भएको उक्त कार्यक्रममा आसन ग्रहण विना सबै जनालाई कार्यक्रम अगाडि बढाइ कार्यक्रम नौलो तरिकाले सम्पन्न गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा युवाहरुले आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गर्नुको साथै देशको समसामयिक विषयमा छलफल भएको हो । समासेवी अचित के।सी को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रम विजय सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation