सैनामैना पर्रोहा परमेश्वर नमुना माविमा थपिदै भौतिक संरचना, पूर्व मुख्यमन्त्री गिरीले गरे शिलान्यास

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना–१, रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता लिला गिरीले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयले जनाएको छ ।

भवन शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व मुख्यमन्त्री लिला गिरीले विद्यालय भन्ने वित्तिकै विद्यार्थीको पढाइका कुरा हुने र पढाइ पनि स्तरीय पढाइ हुने भन्दै समय अनुसारको प्राविधिक शिक्षा र आवश्यकता अनुसारका जनशक्ति तयार गर्ने विषय पनि जोडिने बताउनु भयो । पछिल्लो समय शैक्षिक अवस्थालाई हेर्दा निजि क्षेत्रले धेरै ओगटेको र सार्वजनिक क्षेत्रले पढाइको स्तर कमजोर भएको टिका टिप्पणी भएको वेला अहिले केहि सार्वजनिक क्षेत्रले निजि क्षेत्रलाई उछिनेको र सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय पनि यस्तै संस्था अन्तरगत पर्ने बताउनुभयो । सैनामैना नमुना माबिले समय अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट सामुदायिक बिद्यालय बन्न सफल भएको समेत गिरीको भनाई थियो ।

बिद्यालयले पछिल्लो समय शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिदै आएको र अब बन्ने भवनले यस बिद्यालयमा थप उर्जा प्रदान गर्ने सैनामैना माबि का सल्लाहकार संयोजक खुशीराम चौधरीले बताउनु भयो ।

विद्यालयको नौ कोठे भवन करिव १ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले जानकारी गराउनु भयो ।

निर्माण समिति मार्र्फत भवन निमार्ण हुन लागेको र २०८१ जेठ मसान्त सम्म भवन निमार्णकार्य सम्पन्न हुने बिद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनु भयो । टिका बहादुर थापा को संयोजकत्वमा भवन निर्माण समिति बनेको बिद्यालयले जनाएको छ ।

भवन शिलायान्स कार्यक्रममा जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिति, स्थानिय समाजसेवी, शिक्षक शिक्षिका, बिद्यार्थी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation