शागर बेल्बासे, कपिलवस्तु ।
विभेद उन्मुलन दिवसमा शान्ति समाज कपिलवस्तुको सडक प्रदर्सन शागर बेल्बासे ,चैत ८ कपिलवस्तु मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु को आयोजना मा आज अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस को अवसरमा सडक प्रदर्शन कार्यक्रम गरेको छ।
जिल्ला सभापति माधव घिमिरे को नेतृत्व मा भएको कार्यक्रम मा जिल्ला शाखा संस्थापक सभापति गोबिन्द पोख्रेल ,पुर्व केन्द्रिय सदस्य दिलिप कार्की ,समाजसेवि शागर प्रसाद श्रेष्ठ ,देबि प्रसाद घिमिरे ,भुवनेस्वर न्यौपाने ,लक्ष्मण कार्की लगायत को उपस्थिति मा कपिलवस्तु को बाणगङ्गा जितपुर चोकमा कार्यक्रम सप्पन्न भएको छ।सबैको हातमा जातीय विभेद का बिरुद्द विभिन्न नारा लेखिएका प्ले कार्ड सहित गरिएको सडक प्रदर्शन मा छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य छैन भन्ने आआफ्ना धारणा समेत कार्यक्रम मा राखिएको थियो।कार्यक्रम को संचालन संस्थाका जिल्ला सचिब शिव कुमार कार्किले गर्नुभएको थियो।