बुटवलको कालिका पथमा एक युवा माथी छुरा प्रहार

बुटवल । बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा  एक युवा माथी छुरा प्रहार भएको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ९ स्थीत कालिका पथमा रहेको सिद्धार्थ कटेज अगाडि साँझ करिब ९ः१५ बजेको समयमा बुटवल ३ गोलपार्कका सागर थापा माथी छुरा प्रहार भएको हो।

स्थानीय युवाहरु बीच भएको झगडामा छुरा प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नं ३ का सागर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दायाँ कोखामा चोट लागेका थापालाई स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल पु¥याएका थिए। घाईते थापाको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ भने चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन्। पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation